अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्यका माथिल्लो निकायको संलग्नता बिना सुन तस्करी हुनसक्दैन : महासचिव पोखरेल

राज्यका माथिल्लो निकायको संलग्नता बिना सुन तस्करी हुनसक्दैन : महासचिव पोखरेल

उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागको उपेक्षा गरिएकाले संसद् अवरोध


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागको उपेक्षा गरिएकाले संसद् अवरोध गरिएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले राज्यका माथिल्लो निकायको संलग्नता बिना यति ठूलो परिणाममा सुन तस्करी हुन नसक्ने बताउनुभएको हो । 

‘राजश्व प्रशासन र सुरक्षा निकायको स्पष्ट कमजोरी देखिने कुराको छानबिन उनीहरूबाट नै गराउँछौँ भन्नु राजनीतिक संलग्नताको आशंकालाई बल पुर्‍याउने कुरा हो’, उहाँले लेख्नुभएको छ,’विगतमा संसदीय छानबिनलाई गठबन्धन सरकारले नै पंगु बनाएका कारणले संसदीय छानबिन प्रति जनताको विश्वास र भरोसा टुटेको अवस्था छ ।’

महासचिव पोखरेलले राज्यको सुरक्षा प्रणाली प्रतिनै अनास्था र अविश्वास पैदा गर्न पुगेको सुन तस्करीको छानबिनका लागि एमालेले उच्चस्तरीय न्यायिक छानबिन आयोगको माग गरेको उल्लेख गर्नुभयो । यो माग एमालेको मात्र नभएर सत्ता गठबन्धनमा रहेका सांसदहरुको समेत माग बन्न पुगेको उहाँको भनाइ छ ।

आशंकाको घेरामा रहेको सरकारका निकायबाट गरिने छानबिनबाट यति गम्भीर समस्याको समाधान निकाल्न सम्भव छैन’, उहाँले लेख्नुभएको छ,’सबैले बुझ्नु पर्दछ कि-उच्चस्तरीय छानबिन आयोग गठन भएका कारणबाट नै राजनीतिक संलग्नतामा भएको ललिता निवास प्रकरण बाहिर आएको हो ।

अवैध सुन तस्करी प्रकरणमा एमालेले गृह र अर्थमन्त्रीको राजीनामा समेत मागी रहेको छ ।