अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै


काठमाडौँ-उपराष्ट्रपति रामसहायप्रसाद यादव आज छिमेकी राष्ट्र चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ अपरान्ह साढे ४ बजे चीन प्रस्थान गर्नुहुनेछ । 

सातौं चीन–दक्षिण एशिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उहाँ आज चीन जान लाग्नुभएको हो । उक्त मेला साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । सो मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ । 

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उहाँकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी हुनुहुन्छ । 

उपराष्ट्रपति यादव भदौ ४ गते काठमाडौँ फर्किने कार्यक्रम छ ।