अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोले अवरुद्ध बैतडीका दुई राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध बैतडीका दुई राजमार्ग खुल्यो


बैतडी–पहिरोका कारण अवरुद्ध भएका बैतडीका जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन् । गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो । 

सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । 

राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ आफ्नो गन्तव्यतर्फ लागेका  छन् । लगातारको  वर्षाका कारण यहाँको जनजीवन प्रभावितसमेत भएको छ ।