अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमत सरकारमा सहभागी, नवनियुक्त मन्त्री साहद्वारा शपथ ग्रहण

जनमत सरकारमा सहभागी, नवनियुक्त मन्त्री साहद्वारा शपथ ग्रहण


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ लिनुभएको हो । नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक  व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद  हुनुहुन्छ । 

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।