अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले तोक्यो सवै प्रदेशको अधिवेशन मिति

एमालेले तोक्यो सवै प्रदेशको अधिवेशन मिति

कुन प्रदेशमा हहिले ?


काठमाडौं–नेकपा एमालेले सवै प्रदेश अधिवेशनको मिति टुंगो लगाएको छ। 

आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी भदौ १६ बाट सुरु गरी असोज २२ गतेसम्म सम्पन्न गर्ने गरी सवै प्रदेश कमिटीको अधिवेशन मिति तोकेको हो ।

एमाले सचिव योगेश भट्टराईका अनुसार सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी भदौ १६ बाट सुरु गरी असोज २२ गतेसम्म सबै प्रदेशका अधिवेशन सम्पन्न गर्ने गरी प्रदेश कमिटीको अधिवेशन मिति तय भएको हो। 

सचिव भट्टराईका अनुसार लुम्बिनी प्रदेशको अधिवेशन सबैभन्दा पहिला भदौ १६, १७ हुनेछ भने सुदूरपश्चिम प्रदेशको अधिवेशन सबैभन्दा पछि असोज २१ र २२ मा हुनेछ। 

यस्तै असोज ५ र ६ गते मधेस प्रदेश, असोज ८ र ९ गते बागमती प्रदेश, १० र ११ गते कर्णाली प्रदेशको अधिवेशनको मिति तय भएको छ। असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश तथा १९ र २० गते उपत्यका विशेष प्रदेशको अधिवेशन मिति तोकिएको सचिव भट्टराईले जनाएका छन् । 

सवै प्रदेश अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ। एमालेले प्रदेश अधिवेशनमा प्रदेश कमिटीका अध्यक्षदेखि सदस्यसम्म सवै प्रतिनिधि चुनिएर आउनु पर्ने मापदण्ड यसअघि नै तय गरिसकेको छ।

अधिवेशनमार्फत एमालेले यसअघि भद्दा र ठुला रहेका कमिटीहरू छरितो बनाउने दाबी गरेको छ।  यसअघि भदौ महिनाभित्र अधिवेशन सक्न एमालेले प्रदेश कमिटीहरुलाई निर्देशन दिएको थियो।

एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो।