काठमाडौं-नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिनु भएको छ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले गृहमन्त्री नारायाणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताउनु भएको हाे।
गृहमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनसन बस्ने चेतावनी समेत दिनु भयो।
‘गृहमन्त्री, प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने, राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सभासदलाई बिना पक्राउ पुर्जी एरेस्ट गरिन्छ भने जनताको अवस्था हुन्छ ?’
प्रतिक्रिया