अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेकाे केन्द्रीय सदस्यमा केदार न्यौपाने र छक्क लामा मनोनीत

एमालेकाे केन्द्रीय सदस्यमा केदार न्यौपाने र छक्क लामा मनोनीत

संगठन विभागको सचिवमा ढुंगेल


काठमाडौं-नेकपा एमालेले केन्द्रीय समितिमा दुई जनालाई जना थप गरेको छ।

सोमबार बसेको सचिवालय बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भयो।

न्यौपाने नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष छाडेर एमाले प्रवेश गर्नु भएको थियो ।

त्यस्तै, लामा २०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जित्नु भएको थियो। त्यसपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए। पछि उहाँ एमाले प्रवेश गर्नु भएको थियो।

त्यस्तै सुदूरपश्चिम प्रदेशका शंकरदत्त जोशी र बागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेको एमालेले संगठन विभागको सचिवमा केन्द्रीय सदस्य माधव ढुंगेललाई मनोनयन गरेको छ। संगठन विभागको प्रमुखमा काशीनाथ अधिकारी छन् । 

सचिवालय बैठकले राष्ट्रिय युवा संघ कञ्चनपुर जिल्ला अधिवेशनमा भएको कुटपिटको घटना छानबिन गर्न उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा भानुभक्त ढकाल र ज्वालाकुमारी साह रहेको कार्यदल बनाएको छ। उक्त कार्यदलले घटनाको छानबिन गर्दै समाधानको उपाय अवलम्बन गर्नेछ।