अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संगठन विभाग सचिवमा माधव ढुंगेल मनोनीत

एमाले संगठन विभाग सचिवमा माधव ढुंगेल मनोनीत


काठमाडौं-नेकपा एमालेको संगठन विभागको सचिवमा माधव ढुंगेल मनोनीत हुनु भएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले ढुंगेललाई संगठन विभागको सचिवमा मनोनीत गरेको केन्द्रीय प्रचार तथा प्रशासन विभाग सचिव गगन विष्टले बताउनु भयो।

ढुंगेल अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् भने राष्ट्रिय युवा परिषदमा दुई कार्यकाल उपाध्यक्षसमेत बनिसकेका छन् । उहाँले विद्यार्थी फाँटको इन्चार्जसमेत सम्हालिसकेका छन्।

नवौं महाविधेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित रामेछापका ढुंगेल पार्टी युवामाझ लोकप्रिय मानिन्छन् । ढुंगेलले सम्हालेको संगठन विभाग पार्टीमा महत्वपूर्ण मानिन्छ। संगठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी हुनुहुन्छ ।