अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हज यात्राका लागि आवेदन माग 

हज यात्राका लागि आवेदन माग 


काठमाडौँ-सन् २०२४ को हज यात्राका लागि आवेदन  माग गरिएको छ । नेपाल हज समितिले सूचना जारी गर्दै हज यात्राका लागि आवेदन मागेको हो । 

सन् २०२४ (हज १४४५) का लागि नेपालबाट १२ सयजना इस्लाम धर्मावलम्वीहरूका लागि हज गर्न सक्ने गरी साउदी अरब सरकारबाट कोटा आएको छ । 

आजदेखि असोज ३० गतेसम्म एक लाख ५० हजार रुपैयाँ जम्मा गरेर आवेदन दिन समितिले आग्रह गरेको छ ।  आवेदन आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्तासहित बुझाउनु पर्ने समितिले जनाएको छ ।