अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनीका युवा राख्ने 

एमालेले प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनीका युवा राख्ने 


काठमाडौँ–नेकपा एमालेले प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनीका युवा राख्ने भएको छ । हिजो बसेको एमाले सचिवालय बैठकले प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनिका युवा राख्ने निर्णय गरेको हो । 

यस्तै एमालेले जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा तथा टोलमा एकतिहाई युवा प्रतिनिधित्वको सुनिश्चित गरेको छ । 

एमालेले पार्टीमा युवा सहभागिताको सुनिश्चितता गरेको प्रचार विभाग सचिव गगन विष्टले बताउनुभयो । 

एमालेले आगामी असोज मसान्तसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका तय गरेको छ । 

एमालेले भदौ १६–१७ मा लुम्बिनी,  असोज ५–६ मा मधेस,  असोज ८–९ मा बागमती,  असोज १०–११ मा कर्णाली, असोज १२–१३ मा कोशी,  असोज १५–१६ मा गण्डकी,  असोज १९–२० मा उपत्यका विशेष र  असोज २१–२२ मा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ।