अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट केशव स्थापितले लिनुभयो बिदा 

एमालेबाट केशव स्थापितले लिनुभयो बिदा 


काठमाडौँ-नेकपा एमालेबाट केशव स्थापितले बिदा लिनुभएको छ । हिजो बसेको केन्द्रीय समितिको बैठकले स्थापितसहित दुई केन्द्रीय सदस्यलाई बिदा गरेको हो । 

एमालेले स्थापित र केन्द्रीय सदस्य प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय गरेको बताइएको छ ।

एमालेका अनुसार स्थापित र यादवले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताउनुभएको थियो । त्यसपछि उहाँहरूको राजीनामा स्वीकृत गरिएको हो ।

उहाँ २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा पराजित हुनुभएको थियो ।  

यसअघि २०५४ सालमा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित हुनुभएका उहाँ पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमा मनोनीत हुनुभएको थियो ।

यस्तै बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनीत गरेको छ ।