काठमाडौँ-आज नेपाली बजारमा चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिरता रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छावापाला सुनको मूल्य १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तर, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।







प्रतिक्रिया