अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोल्ड स्मगलिंग रकेटिङलाई जराबाट अन्त्य गर्न  उच्चस्तरीय समितिको आवश्यक : उपमहासचिव रिमाल 

गोल्ड स्मगलिंग रकेटिङलाई जराबाट अन्त्य गर्न  उच्चस्तरीय समितिको आवश्यक : उपमहासचिव रिमाल 


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले गोल्ड स्मगलिंग रकेटिङलाई जराबाट अन्त्य गर्न  उच्चस्तरीय समितिको आवश्यक रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले 

कुनै टालटुले कारबाही र ढाकछोप गरेर उम्किन खोज्ने वा वास्तविक अपराधीलाई उक्काउन नहुने बताउनुभयो ।  

उपमहासचिव रिमालले अवैध सुन तस्करी माथिल्लो तहको संलग्नता बिना साधारण कर्मचारी वा भरिया ड्राइभरबाट सम्भव नरहेको पनि उल्लेख गर्नुभएको छ । उहाँले अवैध सुन तस्करी प्रकरणलाई सरकारले ढाकछोप गर्न अन्यत्र मोड्न खोजिरहेको बताउनुभयो ।

उपमहासचिव रिमालले अवैध कारोबार हुन थालेपछि राज्यको वैधानिक राजश्वस र भन्सार घट्नु स्वाभाविक रहेको बताउनुभयो । उहाँले देशलाई समाप्त पार्ने डरलाग्दो अपराध भइरहेको समेत बताउनुभयो ।

‘नेपालको भूमि र एयरपोर्ट प्रयोग भई सुनको गैरकानुनी ओसारपसार भइरहेको प्रारम्भिक रिपोर्ट अनुसार प्रष्ट देखिन्छ । केही रिपोर्टहरुका अनुसार वर्षेनी क्विन्टलमा नभएर टनमै वार्षिक रुपमा सुन तस्करी भएको देखिन्छ’, उहाँले लेख्नुभएको छ,’अन्तर्राष्ट्रिय कालाबजारीहरु नै यस्तो कारोबारमा संलग्न छन् भन्ने देखिन्छ । जब दुवै छिमेकी देशको भूमि प्रयोग गरेर टनका टन सुन एउटा देशबाट अर्को देशमा पठाइन्छ भने यसलाई अन्तर्राष्ट्रिय प्रकृतिको अपराधका रुपमा लिनै पर्छ ।’ 

उपमहासचिव रिमालले अवैध सुन तस्करी प्रकरणे देशको छवि र विश्वसनीयतामा अन्तर्राष्ट्रिय रुपमा ठूलो प्रश्न उठ्ने बताउनुभयो ।