अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोक्नेहरू ‘झोले’ हुन् : अध्यक्ष ओली

वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोक्नेहरू ‘झोले’ हुन् : अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालप्रति कटाक्ष गर्दै ‘दक्षिणपन्थी झोले’को संज्ञा दिनु भएको छ।

मंगलबार एमाले बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिने क्रममा ओलीले वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदिरहेकाहरुलाई ‘झोले’ भन्ने गरेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नभयो, ‘खासगरी वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदिरहेका हुन्छन्। त्यसलाई चाहिं झोले भन्छन्। नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरुको झोला बोकेका छन् दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरु हुन् । शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला ।’

उहाँले प्रचण्डप्रति कटाक्ष गर्दै बिग्रिएकै भएपनि एक पटक खाउ भन्दा दक्षिणपन्थीको आदेश आएपछि छाडिदिएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘बिना ज्याला खाइ न पाइ, अस्तिन मैले एक जनालाई त भनेँ, जे सुकै भएपनि बिग्रिएकै भएपनि खाउ भनेको दक्षिणपन्थी आदेश आएपछि छाडिदिए।’