अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिष्ट आन्दोलन समाप्त पार्न माधव नेपाल निक्कै तल गिरे: अध्यक्ष ओली

कम्युनिष्ट आन्दोलन समाप्त पार्न माधव नेपाल निक्कै तल गिरे: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर बनान लागिपरेको आरोप लगाउनु भएको छ।

मंगलबार काठमाडौंमा आयोजित एमालेको बागमती प्रदेश कमिटीको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालले कम्युनिष्ट आन्दोलन समाप्त पार्न र एमाले सिध्याउन हद पार गरेको आरोप लगाउनु भएको हो ।

‘विचरा माधव नेपाल ! नाम त नलिए हुने हो, तर यो आन्दोलन समाप्त पार्नका निम्ति यति तल गिरे । अदालत गए । कहाँ गएनन्? के गरेनन्? प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए। दुई तिहाई कम्युनिस्ट पार्टीको सरकार ढालेर,’ उहाँले भन्नुभयो, ‘यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै, पछाडिको सिटमा बसेर, पछाडिको ढोकाबाट घोसेमुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन पुगे। दक्षिणपन्थी सरकार बनाउन कहाँसम्म गिरेका ?’