अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई भेट्न भीम रावल पार्टी कार्यालय च्यासलमा

अध्यक्ष ओलीलाई भेट्न भीम रावल पार्टी कार्यालय च्यासलमा


काठमाडौं-नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको छ।

अध्यक्ष ओलीसँग भेट गर्न रावल मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुग्नु भएको हो । अहिले अध्यक्ष ओली र रावलबीच च्यासलमा कुराकानी भइरहेको स्रोतले जानकारी दियो। 

केही समययता रावल अछाममा पार्टी काममा फर्किएपछि आज अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो। आजको भेटमा अध्यक्ष ओलीले पार्टी काममा पूर्ववत रुपमा सक्रिय रहन आग्रह गर्नुभएको बुझिएको छ। छलफलको विषयमा अध्यक्ष ओली र नेता रावलले केही बताउनु भएको छैन।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा रावल उपाध्यक्ष पद छाडेर अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्नुभएको थियो ।

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए। 

पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भएपनि त्यसपछि पुनः कुनै छलफल भएको थिएन।