अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २१ जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

आज २१ जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम


काठमाडौँ-आज सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जसले गर्दा देशका २१ जिल्ला भएर बहने नदी तथा खोलामा  बाढीको जोखिम रहेको छ । 

आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक भएर बहने नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै गोरखा, कास्की, लमजुङ, पर्वत, म्याग्दी, दैलेख, सुर्खेत, बझाङ, बाजुरा, डोटी र आसपास भई बहने केही स–साना नदीमा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको छ ।

आज कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा केही तल रहेको छ । 

आगामी तीन दिन कोसी, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको छ । महाशाखाका अनुसार आगामी तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्यून जोखिम छ ।