अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्ध जोगाउन कोशीमा ज्येष्ठ सदस्यलाई मन्त्री बनाइँदै  

गठबन्ध जोगाउन कोशीमा ज्येष्ठ सदस्यलाई मन्त्री बनाइँदै  

एमालेले भन्यो–उपसभामुखको राजीनामा हुन्, संसद् चलाउनुहुन्छ 


काठमाडौँ–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज कांग्रेसबाट प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्रीमा नियुक्ति गर्न लाग्नुभएको छ । मुख्यमन्त्री थापाले चलाखी गरेर ज्येष्ठ सदस्यलाई मन्त्रीमा नियुक्त गर्न लाग्नुभएको हो । 

कोशी प्रदेश अहिले सभामुख विहीन छ । यस्तो अवस्थामा उपसभामुखले संसद् नचलाए ज्येष्ठ सदस्यले चलाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा थापाले विश्वासको मत नपाउने भएपछि उहाँले मण्डललाई मन्त्री बनाउनुभएको हो । 

असंवैधानिक काम गर्दै आउनुभएका थापाले यसपटक चलाखी गर्नुभएको छ । सर्वोच्च अदालतको आदेशले साउन १६ गते थापा मुख्यमन्त्री नियुक्त हुनुभएका हो । 

यता नेकपा एमालेले कोशी प्रदेशमा उपसभामुखको राजीनामा नगराउने भएको छ । एमालेले उपसभामुख सृजना दनुवारको राजीनामा नगराउने प्रष्ट पारेको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पार्टीले उपसभामुखको राजीनामा नगराउने बताउनुभयो । उहाँले पार्टीले यस विषयमा उपसभामुखलाई कुनै पनि सुझाव सल्लाह नदिने जानकारी दिनुभयो ।  

यस्तै एमालेले उपसभामुखले संसद् चलाउने पनि जनाएको छ । नेता कार्कीले पार्टीले संसद् चलाउनकै लागि उहाँलाई उपसभामुख बनाएको बताउनुभयो । उहाँले संसद् नचलाउने जस्ता गतिविधि आफूहरुबाट नहुने बताउनुभयो । 

यस्तै एमालेले कोशीमा मध्यावधि निर्वाचन नहुने पनि प्रष्ट पारेको छ । 

नेता कार्कीले भन्नुभयो, ‘कोशीमा मध्यावधि निर्वाचन हुँदैन । कांग्रेस, माओवादी, समाजवादीले मध्यावधि निर्वाचन गर्न सक्देनन् । यो माग पनि होइन, आवश्यक पनि होइन र बाध्यता पनि छैन । कांग्रेस र माओवादीले अरुललाई धम्क्याएर मध्यावधि हुन्छ भनेर भोट मागिरहेका छन् । यसको कुनै सम्भावना छैन । संविधानको धारा १७६ को उपधारा ३ र ५ बाँकी नै छ । सबैभन्दा ठूलो पार्टीको हिसाबले सरकार बन्छ । यसले विश्वासको मत पनि पाउँछ ।’ 

नेता कार्कीले कोशीमा सबै भन्दा ठूलो पार्टीको हिसाबले एमालेको सरकार भन्ने बताउनुभयो । अहिलेको सरकार संविधानको गलत व्याख्या गरेर भनेको उहाँले बताउनुभयो ।