अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झर्‍यो: अध्यक्ष ओली

छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झर्‍यो: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झरेको बताउनुभएकाे छ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको  ‘वर्तमान आर्थिक अवस्था : समस्या र समाधान’ शीर्षकको छलफल कार्यक्रममालाई सम्बोधन गर्दै बुधबार उहाँले भन्नुभयाे, ‘हामीले सुन तस्करीको छानबिन गर्न उच्च समिति बनाउन भनेका थियौँ । तर, एक क्विन्टल भनिएको सुन ६१ केजीमा झर्‍यो,’ उहाँले भन्नुभयाे, ‘यो समिति नबनाउनुको परिणाम हो ।’

उहाँले  सरकारले राम्राे काम केही नगरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सरकारले राम्रो काम केही गरेको छैन । ३३ पटक ब्रेक सुको नाममा सुन आएको रहेछ । एकदिन कतैबाट बाध्यता परेपछि समातियो ।’

उहाँले पहिले खोलामा सुन बग्छ भनिन्थ्यो अहिले एअरपोर्ट बाटै सुन बगिरहेको टिप्पणी गर्नुभयाे । ‘एअरपोर्टमा त यस्तो छ झन खुल्ला सिमानामा के होला ?’, उहाँले प्रश्न गर्नुभयाे।

सरकारले आफू अनुकुलका व्यवसायीलाई पोसेको उहाँले बताउनुभयाे। ‘उद्यमी व्यवसायीहरूको डिलिङमा पनि हामीले देखेका छौं। कसलाई असहयोग गर्ने, कसलाई तर्साउने। सिम्रिकको हेलकोप्टरले ४७ लाख बाँकी नतिरेको भन्दै उडान बन्द गरिदियो सरकारले। कति बाँकी छ, तिर्छु भनेर जाँदा एक लाख बाँकी रहेछ। एउटा हेलिकोप्टर कम्पनी पहिल्यै बन्द गरिहाल्यो। भरे खोज्दै जाँदा एक लाख रहेछ। त्यो त उद्यमी व्यवसायीलाई तर्साउने आतंकित पार्ने बहानामात्र हो,’ ओलीले भन्नुभयाे।

सरकारले यस्ता खाले हर्कत देखाएर गैरजिम्मेवार बनेको उहाँको भनाइ छ। ‘सरकारले कसैलाई पनि आरोप लगाएर हतकडी लगाउनसक्ने भयो। यस्तो गैरजिम्मेवार सरकार बन्नसक्छ भने जनताले के अपेक्षा गर्ने?,’ उहाँकाे प्रश्न थियाे।

आर्थिक मन्दीको बेला सरकारले उद्यमी व्यवसायीलाई सहयोग गर्नुपर्नेमा उल्टै आतंकित पारेको उहाँले  बताउनुभयाे।

 कार्यक्रममा  नेकपा (एमाले)का उद्योग, वाणिज्य तथा आपूर्ति विभागका प्रमुख तथा व्यवसायी मोतिलाल दुगडले सरकारले उद्योगी व्यवसायीलाई जेल हाल्ने काम गरेको बताउनुभयाे  ।

उहाँले सरकारले व्यवसायीलाई दुःख दिन थालेको बताउनुभयाे ।