अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार नाङ्लो ठटाएर हात्ती तर्साउँदै छ: अध्यक्ष ओली

सरकार नाङ्लो ठटाएर हात्ती तर्साउँदै छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औद्योगीकरण र आधुनिकीकरण गर्न सकिएन भने देश अघि बढ्न नसक्ने बताउनु भएको छ। 

बुधबार साँझ होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था-समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै उहाँले उद्योग व्यवसाय जतिबेला संकटग्रस्त छ मोचनका लागि सरकार चाहिने तर सरकार सहयोगी नभएको आरोप लगाउनु भयो ।

उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा उत्पादकत्व र उत्पादन वृद्धिका लागि देशलाई औद्योगीकरणको आवश्यकता रहेको बताउनुभयो । त्यसो गर्न सकिएन भने नेपाल भिकमगुवाको देश हुने उहाँको भनाइ छ ।

उद्योग व्यवसाय संकटमा पर्दा सरकारको सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो । अहिले उद्योग, व्यवसाय संकटमा परेको भए पनि सरकार सहयोगीको रूपमा आउन नसकेको ओलीले बताउनुभयो । अहिलेको सरकार निर्मम र निष्ठुर साहुजीको रूपमा प्रस्तुत भएको ओलीको भनाइ छ ।  

नेकपा एमाले सुखी नेपाली र समृद्ध नेपालीको आकाङ्क्षा लिएर अघि बढेको बताउँदै ओलीले त्यसका लागि ठिक नीति लिएर अघि बढ्नु पर्ने बताउनुभयो । सबै कुरा सबल भयो भने मात्र सुखी नेपाली र समृद्ध नेपालको आकाङ्क्षा पूरा हुने उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले नेपाली कांग्रेसका सांसद सुशील शर्मालाई कस्तो प्रतिक्रिया आउँछ भनेर समातेको उहाँले बताउनुभयो । ‘कसैलाई पनि आरोप लगाउन सकिने भो, हतकडी लगाउन सकिने भो, पछि ए होइन रहेछ भनेर सोध्न सकिने भो’, उहाँले भन्नुभयो । 

सुनिल शर्माको पक्राउका विषयमा प्रतिशोधी राजनीति गर्न खोजिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुनिल शर्मा एउटा सांसद न पक्राउ पुर्जी न पुष्टि हुने आरोप यसो चाखिहेरेको कस्तो हुँदोरछ भनेर ?’ यो समाजलाई नै टोक्ने प्रवृत्ति भएको उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धनको सांसद समातेर नाङ्लो ठटाएर हात्ती तर्साएको हो ।’

सरकारकै योजनामा सुन आयात र तस्करी भएको बताउँदै ओलीले त्यसको छानबिनको लागि उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताउनुभयो । सरकार सो तस्करीको अनुसन्धानलाई समिति बनाउन नदिन लागेको उहाँको भनाइ छ । ‘एयरपोर्टबाट यसरी आउँछ भने, अन्तबाट के भएको होला ?’, ओलीले प्रश्न गर्नुभयो ।