अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका कार्यक्रममा आसन ग्रहण र खादा मालाले नगरिने

एमालेका कार्यक्रममा आसन ग्रहण र खादा मालाले नगरिने


काठमाडौं -नेकपा एमालेका कार्यकर्ताहरुले अब सार्वजनिक कार्यक्रममा कसलाई मञ्चमा बोलाउने कसलाई नबोलाउने भनेर पिरोलिनु पर्ने छैन । कार्यक्रममा आसन ग्रहण गर्ने प्रचलनलाई अन्त्य गर्ने निर्णय गरेको छ ।
साउन ३० गतेको पार्टी सचिवालय बैठकले यो निर्णय गरेको भए पनि अन्तरपार्टी निर्देशन जारी नभएकोले मातहतमा कमिटीहरुमा यो जानकारी पुग्न बाँकी रहेको अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा उल्लेख गर्नु भएको छ ।
पार्टीको उद्योग,वाणिज्य तथा आपूर्ती विभागले हिजो आयोजना गरेको कार्यक्रमा पनि अध्यक्ष ओलीले अतिथीहरुलाई आसन ग्रहण गराउदा अत्याधिक समय खर्च भएकोले त्यसलाई अन्त्य गरिएको बताउनुभएको छ । ‘अब एमालेका कार्यक्रममा अतिथी आसन ग्रहण,ठूला ठूला व्याच लगाउन चलन हटाइनेछ’ अध्यक्ष ओलीले भन्नुभयो ‘कार्यक्रमको सुरु देखि अन्त्यसम्मै आसन ग्रहण,फूल,माला ,खादा अब यसो गरिरहनु पर्दैन । पार्टीले निर्णय गरेको छ । सर्कुलर आउछ ।’
अध्यक्ष ओलीले अब सबै नेताहरु कार्यकर्तासँगैको लस्करमा बस्नेछन् । बोल्ने पालो आएपछि बक्ता मञ्चमा गएर बोल्नेछन् नत्र मञ्चमा कोही नबस्ने बताउनुभयो ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा अनुहार नै छोपिने गरी खादा माला र कोट भन्दा ठूला ब्याज लगाउने र औपचारिकताका लागि धेरैलाई आसन ग्रहण गर्ने समय काममा लगाउने प्रस्ताव गर्नु भएको छ । अध्यक्ष ओलीले लेख्नु भएको छ
‘फेसबुक र ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसनग्रहण गराएर समय वर्वाद गर्नु भएन भन्ने सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तीको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ । यसैगरी अब अनुहारै छोपिने गरी खादा,माला र कोट भन्दा ठूला व्याज लगाउने प्रचलन पनि बन्द गर्नु पर्दछ । कार्यक्रमहरुमा औपचारिकताका लागि धेरैलाई आसनग्रहण गराउने र खादा मालाले पुर्ने भद्या चलनहरु ह्टाएर समयकलाई काममा लगाउने विषयहरुमा तपाईंहरुका सुझावहरु के छन् ?’