काठमाडौँ-नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७० पैसा र बिक्री दर १६९ रुपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।







प्रतिक्रिया