अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारी रबैया विरुद्ध जेल जान तयार छौं तर देश डुब्न दिदैनौ : मोतिलाल दुगड

सरकारी रबैया विरुद्ध जेल जान तयार छौं तर देश डुब्न दिदैनौ : मोतिलाल दुगड


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवं उद्योग,वाणिज्य तथा आपूर्ती विभाग प्रमुख मोतीलाल दुगडले वर्तमान सरकार उद्योगीहरुलाई फसाउने नियतबाट अघि बढेको बताउनु भएको छ ।
विभागले हिजो साँझ आयोजना गरेको वर्तमान आर्थिक अवस्था समस्या र समाधान छलफल कार्यक्रममा बोल्दै दुगडले उद्योगी व्यावसायीलाई निरुत्साहित गर्नका लागि सरकारले पिडा,आतंक र काण्ड तीनवटा योजना ल्याएको बताउनुभयो ।
‘उद्योगीहरुलाई निरुत्साहित गर्न सरकारले तीनवटा कार्ययोजना अघि सारेको छ । पिडा,आतंक र काण्ड’ दुगडले भन्नुभयो ‘कहाँ कसलाई के काण्ड लगाएर फसाइन्छ त्यसको कुनै पूर्व अनुमान छैन ।’ उहाँले सरकारले आफ्नो धन्दा चलाउन जनताको ध्यान अन्तै मोड्नका लागि बेला बेलामा यस्ता फण्डाहरु ल्याउने गरेको बताउनुभयो ।
‘एमालेको सरकार हुँदा समृद्ध नेपाल,सुखी नेपालीको नारा थियो । केपी शर्मा ओलीले देशलाई त्यसै बाटोमा हिडाउन सुरु गर्नु भएको थियो ’ दुगडले भन्नुभयो ‘अहिलेको सरकार सुखी बालुवाटार दुखी नेपालीको अभियानमा छ ।’ सरकारप्रति आक्रामक रुपमा प्रष्तुत हुनु भएका दुगडले देशको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रले सरकारी पक्षबाट यतिको हैरानी र आतंक यस अघि कहिल्यै भोग्नु नपरेको बताउनुभयो ।
दुगडले सरकारले उद्योगी व्यावशायीका लागि सरकारका लागि ‘अति’ भएको बताउनुभयो । ‘सरकार अब त अति भयो,देश र जनतालाई क्षति भयो’ दुगडले भन्नुभयो । दुगडले सरकारी रवैया विरुद्ध आफूहरु जेल जान तयार भएर पनि देश बचाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।