अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीले आयोजना गर्ने कार्यक्रमका लागि एमालेको पाँच बुंदे आचार संहिता

पार्टीले आयोजना गर्ने कार्यक्रमका लागि एमालेको पाँच बुंदे आचार संहिता


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा आशन ग्रहण र फूलमाला संस्कृतिलाई निरुत्साहित गर्दै जाने बताएको भोलीपल्ट उपमहासचिव विष्णु रिमालले यस सम्बन्धमा पाँच बुंदे आचार संहित सार्वजनिक गर्नुभएको छ । उपमहासचिव रिमालले आफ्नो फेसबुक पेजमा पार्टी सचिवालयको निर्णय भन्दै कार्यक्रममा भएका भद्धा आशन ग्रहण र अनुहारै छोप्ने गरीका फूलमाला खादालाई निरुत्साहित गर्न पार्टीको साउन ३० गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्नुभएको हो । रिमालका अनुसार एमालेका कार्यक्रमहरुका ब्यानरमा अध्यक्ष ओलीको बाहेक अन्य नेताहरुको फोटो प्रयोग गरिने छैन । अतिथीहरुलाई दर्शकदिर्घामा नै मर्यादित ढंगले राख्नुपर्नेछ । मञ्चको प्रयोग वक्ताले मात्र गर्न पाउनेछन् । यसैगरीआसन ग्रहणको लम्बेतान शैलीलाई अन्त्य गरिनेछ । कार्यक्रम सर ढंगले गर्ने र खादा मालाको अनावश्यक प्रयोग नगर्ने रिमालले जनाउनुभएको छ ।