अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल उद्योग तथा व्यवसायी महासंघ मधेस प्रदेशको अध्यक्षमा सरोज यादव निर्वाचित 

नेपाल उद्योग तथा व्यवसायी महासंघ मधेस प्रदेशको अध्यक्षमा सरोज यादव निर्वाचित 


काठमाडौं-नेपाल उद्योग तथा व्यवसायी महासंघ मधेस प्रदेशको अध्यक्षमा सरोज यादव निर्वाचित हुनुभएको छ। 

व्यवसायी महासंघकाे बर्दिबासमा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा यादव निर्वाचित हुनुभएको हाे । त्यस्तै विन्देश्वर महत र हरिकला देवकोटा उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले सचिवमा अरुण यादवलाई निर्वाचित गरेको छ ।

सहसचिवमा भने कुमार पोखरेल, पूर्णवीर थापा, हेमकुमारी काफ्ले र  राजन महासेठ निर्वाचित हुनुभएको छ। अधिवेशनबाट भोजराज भट्टराई कोषाध्यक्ष र अविनाश शाह सह कोषाध्यक्षमा निर्वाचित हुनुभएको  छ। 

नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएकाे हाे ।