अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता खिमलाल भट्टराई र रामकुमारी झाँक्रीबीच भेटवार्ता

एमाले नेता खिमलाल भट्टराई र रामकुमारी झाँक्रीबीच भेटवार्ता


काठमाडौं-नेकपा एमालेका नेता खिमलाल भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता भएको छ। बिहिबार भट्टराई र झाँक्रीबीच भेटवार्ता भएको हो।

नेकपा एसकी सचिव झाँक्रीसँगको भेटबारे जानकारी गराउँदै नेता भट्टराईले फेसबुकमा लेख्नुहुन्छ, ‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ, जो जहाँ भए पनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ।’

एमाले विभाजनको बेलामा माधव नेपाललाई बलियो साथ दिनुभएकी झाँक्री पछिल्लो समय पार्टीमा सक्रिय छैनन्। उहाँ एमाले फर्किन लागेको पनि चर्चा छ।

झाँक्रीले केन्द्रीय सचिव जस्तो जिम्मेवारी पाउँदासमेत पार्टी निर्माणको काममा नलागेको भन्दै अध्यक्ष नेपालसहित नेतृत्वपंक्ति पनि सन्तुष्ट छैन। पछिल्लो समय नेकपा एसका नेताहरु एमालेमा फर्किने क्रम बढिरहेको बेलामा नेता भट्टराई र झाँक्रीबीचको भेटलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ।