अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार तस्करी र दलाल नोकरशाहीतन्त्रलाई प्रोत्साहन गर्नेतर्फ केन्द्रित छ: शंकर पोखरेल

सरकार तस्करी र दलाल नोकरशाहीतन्त्रलाई प्रोत्साहन गर्नेतर्फ केन्द्रित छ: शंकर पोखरेल


काठमाडौँ-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलनलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिगारेको आरोप लगाउनु भएको छ । 

आज एमाले मुख्यालयमा ललितपुर जिल्लाबाट माओवादीमा आवद्धकार्यकर्ताहरु एमाले प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। 

 ‘नेपालको वामपन्थी आन्दोलन बिगारेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हो, कार्यकर्ताले होइन । प्रचण्ड र नेपालका कारण वामपन्थी आन्दोलनलाई ठूलो क्षति पुगेको छ’, पोखरेलको भनाइ छ।  

महासचिव पोखरेलले मुलुकमा देखिएका समस्या र चुनौतीलाई सामना गरेर सुखी र समृद्ध नेपाल बनाउनुपर्छ भन्ने मान्यताका आधारमा एमाले अघि बढेको दाबी गर्नु भयो । ‘बहुदलीय व्यवस्थाको स्थापनाको ३५ वर्षमा हामीले २८ जना प्रधानमन्त्री हेरिसकेका छौँ । एउटा प्रधानमन्त्रीले औसतमा ६ महिना पनि काम गर्न पाएको छैनन्,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा मुलुकको विकास र समृद्धिको अपेक्षा गर्न सकिँदैन।’ 

उहाँले पछिल्लो समय हाम्रो समाजमा सामाजिक अराजकताको स्थिति उत्पन्न भएको भन्दै त्यसले राज्य र संरचनालाई कमजोरबनाएको र नेपाली समाजलाई अगाडि बढ्नबाट बाटो छेकेको स्मरण गराउनुभयो।

‘यस्तो अवस्थामा हाम्रो पार्टीको मान्यता के–हो भने अब नेपालमा धेरै राजनीतिक दल होइन। बलिया राजनीतिक दलहरुको आवश्यकता छ । त्यो भनेको नीतिका आधारमा देशको नेतृत्व गर्न सक्ने बलियो राजनीतिक दल आवश्यक छ भनेको हो,’ पोखरेलले भन्नुभयो, ‘हामीले दुनियाँको विकसित मुलुक हेरेका छौँ । त्यहाँ दलहरु थोरै मात्रै हुन्छन् । हामीले अमेरिकाकै उदाहरण हेर्ने हो भने पनि त्यहाँ सयौँ वर्षदेखि दुई ओटा दल मात्रै प्रतिस्पर्धामा छन्।  ती दुई दलले नै जनताको परिवर्तनको अपेक्षाको नेतृत्व गर्दछन् र नयाँ नेतृत्वको निर्माण पनि ती दलले नै गरेका हुन्छन् ।’

संसदीय दलको जननी भन्ने बेलायतमा पनि त्यस्तै रहेको भन्दै पोखरेलले देशमा धेरै राजनीतिक दलका कारण बलियो सरकार बनाउन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘धेरै राजनीतिक दल हुनु भनेको जनमतको विभाजन हो र राज्यलाई कमजोर पार्ने आधार हो । त्यसकारण हामीले बुझ्नुपर्छ जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक विचलन, जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक अस्थिरता, जति धेरै राजनीतिक दल त्यति धेरै वैदेशिक हस्तक्षेप।’

अहिले आफूहरूले भोगिरहेको पीडा त्यही भएको उहाँको भनाई थियो। त्यसैले नेपालमा बलियो राजनीतिक दलको आवश्यकता रहेको प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘विश्वको अनुभवलाई हेर्ने हो भने तीन वटा कुराले मात्रै समृद्धिको यात्रा अघि बढ्न सक्छ। पहिलो दूरदर्शी नेतृत्व, दोस्रो बलियो राजनीतिक दल र तेस्रो राजनीतिक स्थायित्व यी तीन कुरा भयो भने देश निर्माणको यात्रा अघि बढ्न सक्छ।’  

पोखरेलले एमालेको नेतृत्व गरिरहनु भएका अध्यक्ष केपी शर्मा ओली नेपालमा भएका राजनीतिक दलका नेताहरुको तुलनामा नेपालीसमाजलाई गहिरोसँग बुझ्न सक्ने नेता भएको उल्लेख गर्नुभयो । ओलीसँग यहाँको इतिहास, संस्कृति र सभ्यातालाई गहिरो ज्ञान भएकोउहाँको भनाई थियो । ‘उहाँले आफूलाई विकास र समृद्धिको योजनाकारको रुपमा उभ्याउनु भएको छ,’ पोखरेलले भन्नुभयो, ‘हामीसँगअनुशासित र बलियो संगठन प्रणाली छ । हामीसँग व्यवस्थित कार्यकर्ता पङ्क्ति छ । नेपालको मौलिक सिद्धान्त जनताको बहुदलीयजनबाद हामीसँग छ । त्यसले नेपाली समाजको रुपान्तरण गर्न सक्छ । त्यसैले अब हामीले दलका नाममा जनमतलाई बाँड्ने होइन ।बलियो दल निर्माणको बाटोतर्फ जानुपर्ने छ ।