अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री भदौ ३ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री भदौ ३ गते विश्वासको मत लिने


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार ३ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने छन् ।

साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्र्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ।

उहाँको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन् ।