अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

८४ सालमा एकल बहुमतकाे सरकार बनाउँछौं: भानुभक्त ढकाल

८४ सालमा एकल बहुमतकाे सरकार बनाउँछौं: भानुभक्त ढकाल


नवलपुर-नेकपा(एमाले) स्थायी कमिटी सदस्य एवम् जनसंगठन इञ्चार्ज भानुभक्त ढकालले मिसन २०८४ मा एकल बहुमतकाे सरकार बनाउने गरी काम थाल्नुपर्ने बताउनु भएको छ।

लाेकतान्त्रिक तामाङ संघ नवलपुरकाे प्रथम जिल्ला अधिवेशनमा बाेल्दै साे कुरा बताउनु भएकाे हाे। जनसंगठनले काम थाल्न सही पहिचानको पक्षमा उभिएको पार्टी एमाले हाे।

काेशी प्रदेशकाे नाममकरणमा एमाले जे बाेल्याे त्यही गर्याे अरूले जस्ताे भन्ने एउटा गर्ने अर्को गरेन नेता ढकालले भन्नुभयाे, ‘चित्त नबुझेको कुरा पार्टीमा राख्नुहाेस् त्यसमा अप्ठ्यारो नमान्नुहाेस् तर असन्तुष्टि फेसवुकमा लेख्ने हाेइन। समुदायमा उत्साह ल्याउने गरी बाेल्नुपर्छ । एमालेकाे एजेन्डा बाेक्ने कार्यकर्ता याे समुदायबाट बनाउन सक्दा समुदायकाे पनि अगुवा हुन्छ। ब्यक्ति हेरेर हाेइन विधि पूर्वक नेतृत्वले नेतृत्व गर्नुपर्छ।’

कार्यक्रममा एमालेबाट उम्मेदवार बनी विजयी जनप्रतिनिधिलाई सम्मान गरिएको थियाे । नेता प्रती अविश्वास जगाउन विभिन्न काण्डका बिषय उठ्ने गरेकाे उहाँले बताउनु भयाे । उहाँले भन्नुभयो, ‘संसदबाट कानुन बनेर कार्यान्वयन हुने बिषयमा पनि प्रश्न उठ्नु प्रतिसाेध हाे कि हाेइन त्यस बिषयमा गम्भीर हुनुपर्छ।’