अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा अपानि ८ जारी, प्रदेश प्रतिनिधी यसरी चयन हुनेछन्

एमालेमा अपानि ८ जारी, प्रदेश प्रतिनिधी यसरी चयन हुनेछन्


काठमाडौं -नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि)-८ जारी गर्दै विभिन्न निर्णयहरु सर्कुलरको रुपमा पार्टीका मातहत कमिटीमा पठाएको छ।
पार्टीको केन्द्रीय सचिवालयको २३ औं र २४ औं बैठककका निर्णय सार्वजनिक गर्दै अध्यक्ष ओलीले पार्टीमा अपानि ८ जारी गर्नुभयो । जारी अपानिमा आसन्न प्रदेश अधिवेशनमा प्रतिनिधी छनौट र कमिटी निर्माणलाई विशेष प्राथमिकतमा राखिएको छ। पार्टीले यस अघि नै सबै कमिटीको संख्या घटाउने निर्देशन जारी गरिसकेको छ। मध्य भदौ देखि असोज भित्रमा प्रदेश कमिटीका अधिवेशन सम्पन्न गर्न अधिवेशनको मिति पनि तय गरेर सर्कुलर पठाएको छ।

अपानिमा उल्लेख भए अनुसार प्रदेश कमिटीका कार्यकारी दुईवटा पद अध्यक्ष र सचिवका लागि जनप्रतिनिधीहरुलाई पूर्णत बन्देज लगाइएको छ । जसमा वडाअध्यक्ष, पालिकाका प्रमुख र उपप्रमुखले यी दुई पदमा उम्मेद्वार हुन पाउने छैनन् । यसैगरी प्रदेशसभा सदस्य,प्रतिनिधीसभा सदस्य र राष्ट्रिय सभा सदस्यले पनि यी दुई पदमा उम्मेद्वारी दर्ता गर्न नपाउने भएका छन् ।
यसैगरी प्रदेश अधिवेशनका प्रतिनिधी छनौटका लागि चार आधार तयार गरेर पार्टीले अपानि जारी गरेको छ । जसमा पालिकाललाई प्रतिनिधित्वको आधार मान्ने,सदस्य संख्या न्यून रहेका स्थानमा समावेशिताको प्रतिनिधित्व जिल्ला वा निर्वाचन क्षेत्रलाई मान्नु पर्ने छ । नव प्रवेशीहरुको हकमा सम्बन्धित प्रदेशको विशेषता अनुसार विशेष प्रतिनिधित्वको व्यवस्थ गर्नुपर्ने छ । यसैगरी ४० वर्ष मुनिका युवाको सुनिश्चित हुने गरी प्रतिनिधित्वको व्यवस्था गर्न निर्देशन गरिएको छ ।

अधिवेशनबाट नेतृत्व चयन गर्दा पनि विशेष ध्यान दिन पार्टीले निर्देशन गरेको छ । अपानिमा उल्लेख भए अनुसार भविष्यमा पार्टी प्रवेश गर्नेहरुलाई समेत ध्यानमा राखेर कमिटीको अधिकत्तम संख्या भन्दा कम संख्यामा मात्र सदस्यहरु चयन गर्नुपर्ने छ । कमिटीले १० प्रतिशत मनोनय गर्न पाउने अधिकारलाई अधिवेशन कै समयमा प्रयोग गर्ने गल्ती गर्न प्रदेश कमिटीहरुलाई स्मरण गराइएको छ । यदी अधिवेशनकै हलबाट उक्त अधिकार प्रयोग गरेमा त्यसलाई स्वत बदर गरिने अपानिमा निर्देशन जारी गरिएको छ । अपानिमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि विशेष जोड दिइएको छ । जस अनुसार प्रदेश कमिटीमा न्यूनतम् १० प्रतिशत ४० वर्ष भन्दा मुनिका युवालाई आवद्ध गर्नुपर्ने छ । यसैगरी जिल्ला कमिटीमा १५,पालिकामा २० र टोल कमिटीहरुमा ३३ प्रतिशत युवाको सहभागिता गराउनु पर्ने उल्लेख गरिएको छ ।

अपानिमा पार्टीका सार्वजनिक कार्यक्रममा प्रयोग हुने ब्यानर,पोष्टर आदिमा नेकपाका संस्थापक पुष्पलाल,जननेता मदन भण्डारी ,पूर्व अध्यक्ष मनमोहन अधिकारी र अध्यक्ष केपी शर्मा ओलीकोे मात्र तस्विर राख्ने निर्णय गरेको छ ।
अपानिमा १६ जना नेताहरुलाई संसदस्य विभागमा मनोनयन गरेको छ । प्रचार विभागमा ११ जना,विपद् व्यवस्थापन तथा स्वयं सेवा विभागमा ६ जना,कृषि तथा पशुपंक्षी विभागमा २ जना खानेपानी विभागमा ३ जना,अर्थ योजना र पार्टी स्कूल विभागमा ३,३ जनालाई मनोनित गरिएको छ । संगठन विभागको सचिवमा केन्द्रीय सदस्य माधव ढुंगेल चयन हुनु भएको छ । यसैगरी साहित्य कला तथा संस्कृति विभागमा १० जनालाई मनोनयन गरिएको अध्यक्ष ओलीद्वारा जारी गरिएको अपानि उल्लेख छ ।