अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइतबारदेखि नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक

आइतबारदेखि नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक


काठमाडौं-नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि सुरू हुने भएको छ। 

शनिबार काठमाडौंकाे आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो। त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ।

दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो ।

पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णय गर्ने पनि उहाँले बताउनु भयो ।

‘हामी पोलिटब्युरो बैठक भोलिदेखि सुरू गरिरहेका छौं। यसका एजेण्डाहरू हामीले पहिले नै तय गरेर पठाइसकेका छौं। भोलि र पर्सीको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ,’ उहाँले भन्नभयो ।

यस्तै आइतबार बेलुकी ६ बजे समाजवादी मोर्चाको बैठक पनि बस्ने उहाँले बताउनु भयो ।

नेकपा एकृकीत समाजवादी आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। सम्मानित नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने-नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने उहाँले बताउनु भयो ।