अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको विनिमय दर

यस्तो छ आजको विनिमय दर


काठमाडौँ-नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २५ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।    

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।-