अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै


काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने छ । 

महासचिव घनश्याम भुसालले बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिनुभयो । 

उहाँले बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पछिल्लो समयमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण, आसन्न केन्द्रीय कमिटी बैठक र पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा छलफल गरिने बताउनुभयो  समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती कार्यान्वयनका लागि शीर्ष नेतालाई बैठकले जिम्मेवारी प्रदान  समेत गर्ने छ ।

पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा बोलाइएको महासचिव भुसालले जानकारी दिनुभयो ।