अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले संसद् अवरोध जारी राख्ने, सरकारले संसद् खुलाउन नचाहेको आरोप 

एमालेले संसद् अवरोध जारी राख्ने, सरकारले संसद् खुलाउन नचाहेको आरोप 

शरणार्थी प्रकरणको छानबिन गर्ने प्रहरीको सरुवा गरेकोमा आपत्ति


काठमाडौँ–नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने एमालेले जनाएको हो । 

एमाले सचेतक महेश बर्तौलाले सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन नगरे संसद् अवरोध जारी राख्ने बताउनुभयो । उहाँले संसद्को अवरोध जारी राख्ने वा खुलाउने सरकारमा भर पर्ने बताउनुभयो । यहाँले सरकारले चाहेमा संसद्को अवरोध आजै खुल्ने जनाउनुभयो । 

सरकारले भुटानी शरणार्थी प्रकरणको छानबिन गर्ने प्रहरीको सरुवा गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।  

एमाले सचेतक बर्तौलाले सरकारले शरणार्थी प्रकरणको छानबिन गर्ने प्रहरीको सरुवा गरेर राम्रो नगरेको बताउनुभयो । उहाँले एमाले अब संसदमा झन् कडारुपमा प्रस्तुत हुने बताउनुभयो ।