अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्को अवरोध हटाउन सभामुखले बोलाउनुभयो प्रमुख सचेतकहरुको बैठक  

संसद्को अवरोध हटाउन सभामुखले बोलाउनुभयो प्रमुख सचेतकहरुको बैठक  


काठमाडौँ-संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाउनुभएको छ । 

सभामुख घिमिरेले बिहान ११ बजे सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाउनुभएको हो ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै एमालेले गत साउन १० गतेदेखि संसद् अवरोध गर्दै आएको छ ।