अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता पक्ष र एमालेले अडान नछोड्दा सभामुखले डाकेको बैठक निष्कर्ष बिहिन

सत्ता पक्ष र एमालेले अडान नछोड्दा सभामुखले डाकेको बैठक निष्कर्ष बिहिन


काठमाडौं- दुवै पक्षले अडान नछोड्दा संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले राखेको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक निष्कर्ष बिहिन भएको छ ।

बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा एमालेका प्रमुख सचेतक पदम गीरीले सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिती बनाउनु पर्ने मागमा आफूहरु अडिग भएकोले त्यसतर्फ सरकारले प्रतिवद्धता जाहेर नगरेसम्म अवरुद्ध संसद खोल्न नसकिने बताउनुभयो । सत्ता पक्षका प्रमुख सचेतकहरुले संसदको बैठक राखेर सबै विषयहरु त्यही छलफल गर्न आग्रह गरेका थिए ।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।