अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको अडान: सुन प्रकरणमा उच्चस्तरीय समिति नबनेसम्म अघि बढ्न सक्दैनौँ

एमालेको अडान: सुन प्रकरणमा उच्चस्तरीय समिति नबनेसम्म अघि बढ्न सक्दैनौँ


काठमाडौँ-नेकपा एमालेले ६० केजी सुन प्रकरणमा उच्चस्तरीय समिति नबनेसम्म अघि बढ्न नसकिने अडान कायमै राखेको छ। 

आइतबार सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरुसँगको छलफलका क्रममा एमालेले सो अडान कायमै राखेको हो। 

बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले साउन ३ गते बरामद भएको ६० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म अघि बढ्न नसकिने बताउनु भयो ।

‘अहिले आन्तरिक छलफलमै छौँ। तर उच्चस्तरीय समिति नबनेसम्म हामी अघि बढ्न सक्दैनौँ’, उहाँले भन्नुभयो, ‘सुन प्रकरणमा एमाले उच्चस्तरीय समितिबाट दायाँ बायाँ हुँदैन।’ 

उहाँले यति लामो समयसम्म सदन बन्धक बनाउन नहुने पनि बताउनु भयो। ‘सुन तस्करीमा उच्च तहको संलग्नता रहेको कुरा आइरहेको छ’, उहाँले भन्नुभयो, ‘एमालेले उठाएको जायज माग सुन्न सरकार तयार भए सदन रोकिँदैन।’