अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले बोलाएको सात दलको बैठक सिंहदरबारमा जारी

प्रधानमन्त्रीले बोलाएको सात दलको बैठक सिंहदरबारमा जारी

एमाले अध्यक्ष ओली अनुपस्थित


काठमाडौं-प्रधानमन्त्रीले बोलाएको सात दलको बैठक सिंहदरबारमा सुरू भएको छ। बैठकमा राष्ट्रिय मान्यताप्राप्त सात दलका नेताहरू सहभागी छन् ।

संसदको गतिरोध अन्त्य गर्न, विभिन्न विधेयक र देश तथा जनताका दैनिक समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले सात दललाई बैठकमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएको छ।

प्रधानमन्त्रीसहित बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दल उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित हुनुहुन्न ।

साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी जनमत पार्टीकी सचिव अनितादेवी साह, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियारलगायत पनि बैठकमा उपस्थित छन्।