अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनको लोगो सार्वजनिक

एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनको लोगो सार्वजनिक


काठमाडौं-नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक भएको छ। 

आगामी भदौ १६ र १७ गते बुटवलमा हुने प्रथम प्रदेश अधिवेशनको लोगो आज सार्वजनिक गरिएको हो। बुटवलमा सम्पन्न प्रदेशस्तरीय विस्तारित प्रचार बैठकमा लोगो सार्वजनिक गरिएको हो । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भदौ १६ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रदेश अधिवेशनको तयारीका लागि प्रदेश इञ्चार्ज, प्रदेशका पदाधिकारी, लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य र एमाले लुम्बिनीका नेता कार्यकर्ता तोकिएको जिम्मेवारी अनुसार काममा जुट्नु भएको छ। 

प्रदेश अधिवेशन सम्पन्न गर्ने विभिन्न उपसमिति बनाएर कार्य विभाजन गरिएको छ। आर्थिक व्यवस्थापन, प्रतिनिधि छनौट तथा व्यवस्थापन, मञ्च व्यवस्थापन, अतिथि सत्कार लगायतका उपसमिति बनाएर काम भइरहेका छन् । 

प्रदेश अधिवेशनका लागि १२ वटै जिल्लामा एकै दिन भदौ ९ गते प्रतिनिधि छनौट हुँदै छन्। अधिवेशनका लागि जनसंगठनबाट प्रतिनिधि छनौट पनि भदौ ९ गते नै हुँदै छ।