अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मलाई स्थगित


काठमाडौँ-सङ्घीय संसद् अन्तर्गत आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो।  नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ।

संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले राख्नुभएको सर्वदलिय बैठकले दुई दिनपछि बैठक राख्न सभामुखलाई अनुरोध गरेको हुनाले भदौ ५ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएकाे सभामुखको सचिवालयले जनाएको छ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डे बैठकको निर्णयकाे बारेमा सभामुखलाई जानकारी गराउनु भएको थियो ।

आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको थियो। 

त्यस्तै बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने लगायत सम्भावित कार्यसूची रहेको  थियो।