काठमाडौँ-काठमाडौँ महानगरपालिकाले कक्षा-६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ।
गतवर्ष कक्षा-८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा-१० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार सङ्घीय सरकारले कक्षा-६ सम्म प्रतिविद्यार्थी रू.१५ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि रू.१० थप गरेर रू.२५ बनाएको थियो।
सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा-५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको रू.१५ मा महानगरले रू.१५ थप गरी रू.३० पुर्याएको कोइरालाले बताउनुभयो। भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ।
प्रतिक्रिया