अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनुसन्धानलाई प्रभावित नहुनेगरी उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ: पदम गिरी

अनुसन्धानलाई प्रभावित नहुनेगरी उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ: पदम गिरी


काठमाडौँ-नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ। 

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताउनु भएकाे हाे ।

गिरीले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत् रहेको पनि बताउनु भयो। उहाँले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनु भयो। 

गिरीले सरकारको अकर्मण्यताका कारण संसद् अवरुद्ध भएको जिकिर गर्नु भयो । सुन तस्करी प्रकरणमा राजनीतिक नेतृत्वहरुको पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरुलाई सीआईबीले छानबिनको दायरामा ल्याउन नसकेको बताउनु भयो ।

गिरीले सीआईबीको अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसदमा अगाडि बढाउन नसकिने बताउनु भयो ।