अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखको मतबाट कोशीको सत्तामा पुगेका थापालाई उपसभामुख प्रयोग गरेर सताच्यूत गर्ने एमालेको रणनीति

सभामुखको मतबाट कोशीको सत्तामा पुगेका थापालाई उपसभामुख प्रयोग गरेर सताच्यूत गर्ने एमालेको रणनीति


विराटनगर- सभामुखको मत प्रयोग गरेर कोशी प्रदेशको सत्तामा प्रवेश गरेका उद्धव थापालाई एमालेले उपसभामुख प्रयोग गरेर सत्ताबाट झार्ने नीति लिएको छ ।
नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा मूख्यमन्त्री भएका थापाले आज प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने कार्यक्रम छ । अघिल्लो पटक सभामुख बाबुराम गौतमले पदको दुरुपयोग गर्दै थापाका पक्षमा बहुमत जुटाउन मद्धत गर्नुभएको थियो । सर्वोच्च अदालतले सभामुखको मत सरकार बनाउनका लागि उपयोग नहुने फैसला गरेसँगै थापा पदमुक्त हुनुभएको थियो ।
सर्वोच्चको फैसला विपरित मूख्यमन्त्रीमा निरन्तर रहेका थापाले आज विश्वासको मत लिने कार्यसुची छ । तर विपक्षी गठबन्धनले थापालाई उपसभामुख प्रयोग गरेर बहुमत पुग्न नदिने देखिएको छ । यसका लागि हिजै ज्येष्ठ उमेरका एमालेका ७ र राप्रपाका २ जना साँसदले आजको बैठकबाट विदा लिएका छन् । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजिनामा गरेर अर्थ मन्त्री भएपछि उक्त पद खाली छ । सभामुख नभएपछि प्रदेशसभा सञ्चालनको जिम्मा उपसभामुखले गर्नुपर्दछ । तर उपसभामुख सृजना दनुवारले पनि हिजो साँझ आजका लागि विदा लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराउनु भएको छ । दनुवार अनुपस्थित भएपछि प्रदेशसभामा उपस्थित मध्येका ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्नुपर्दछ । उनलाई मतदानको अधिकार हुदैन । एमाले र राप्रपाका ज्येष्ठहरुले विदा लिएपछि अब बाँकी रहेका ज्येष्ठ सदस्य इस्माइल मन्सुरीले सभाको अध्यक्षता गर्नुपर्दछ । मन्सुरी काँग्रेसका सभासद्ध हुनुहुन्छ ।
९३ जना सदस्य रहेको कोशी प्रदेशसभामा बुहमतका लागि ४७ मत आवश्यक पर्दछ । उपसभामुख र आफ्ना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर एमालेले काँग्रेसकै सदस्यलाई सभा सञ्चालन गर्न बाध्य पारेर एक मत घटाउन खोजेको देखिन्छ । जसले गर्दा थापाले ४६ मत मात्र पाउने सम्भवना छ । यदी आजको बैठकमा थापाले बहुमत पुर्याउन नसके उहाँ पदमुक्त हुनुहुनेछ ।