अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारीलाई महासचिव बनाएको चौथो महाधिवेशन स्थल विष्णुपुरकट्टीमा ३४ वर्ष वर्षपछि एमालेको सचिवालय बैठक

मदन भण्डारीलाई महासचिव बनाएको चौथो महाधिवेशन स्थल विष्णुपुरकट्टीमा ३४ वर्ष वर्षपछि एमालेको सचिवालय बैठक


लाहान -नेकपा एमालेको सचिवालय बैठक पार्टीको ऐतिहासिक चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा हुने भएको छ ।
यस ठाउँमा भएको महाधिवेशनले २०४६ सालमा मदन भण्डारीलाई पहिलो पटक तत्कालिन नेकपा मालेको महासचिव निर्वाचित गरेको थियो ।
एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामवतार यादवका अनुसार विष्णुपुरकट्टीमा रहेको मदन भण्डारी स्मृतिपार्कलाई बैठक स्थल बनाइएको छ । उक्त स्थनमा चौथो महाधिवेशन भएको घरलाई पनि संरक्षण गरेर राखिएको छ । चौथो महाधिवेशन भएकै घरमा बैठकको तयारी गरिरहेका छौं अध्यक्ष यादवले यो बेलासँग भन्नुभयो । उहाँका अनुसार विष्णुपुरकट्टी पुग्न लाहानबाट २० किलोमिटर र पूर्वपश्चिम राजमार्गको जीरो माइलबाट १० किलो मिटर दक्षिण जानु पर्दछ ।
२०४६ साल भदौ ९ देखि १४ गतेसम्म भएको चौथो महाधिवेशनको सम्झनामा ३४ वर्षपछि एमालेका शिर्ष नेताहरु सिराहाको विष्णुपुरकट्टीको सरेअम्बास पुग्न लागेका हुन् । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली ८ गते नै विराटनगर जाने कार्यक्रम रहेको एमाले स्रोतले जानकारी दिएको छ ।