अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीकी उपसभामुख दनुवार काठमाडौँ, प्रदेश सरकार संकटमा 

कोशीकी उपसभामुख दनुवार काठमाडौँ, प्रदेश सरकार संकटमा 


मोरङ-कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ उड्नुभएको छ । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तयारी गर्नुभएको थियो ।  

उक्त बैठक अगाडि उपसभामुख दनुवार काठमाडौँ उड्नुभएको हो । उपसभामुख काठमाडौँ उडेपछि विश्वासको मत लिनुअघि आज बिहान बस्नुपर्ने कोशी प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि अनिश्चित भएको छ । 

उपसभामुख दनुवार बिहान ७ बजे यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौँ उड्नुभएको हो । उहाँले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको छ । प्रदेशसभाको बैठक १ बजेका लागि बोलाइएको छ । उहाँले प्रदेशसभाका ज्येष्ठ सदस्य इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्न भन्नुभएको छ । योसँगै प्रदेशसभामा सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन कठिन भएको छ । जसले गर्दा प्रदेश सरकार संकटमा परेको छ ।  

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद रहनुभएको छ ।