अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङको कागखोलामा आयो बाढी

मुस्ताङको कागखोलामा आयो बाढी


मुस्ताङ-मुस्ताङको कागखोलामा फेरि भेलबाढी आएको छ।

मुस्ताङको वारागुङ गाउँपालिका माथिल्लो भेगमा पानी पर्दा कागखोलाको सहायक झोङ र मुक्तिनाथबाट बगेर आउने खोलामा बाढी आएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनु भयो।

‘आइतबार राति पानी पर्दा कागखोलामा मिसिने माथिका दुई (झोङ र मुक्तिनाथ) खोलामा बाढी आएको थियो,’ प्रजिअ केसीले भन्नुभयो, ‘बाढीले उपल्लो मुस्ताङ जोड्ने सडकमा क्षति पुर्‍याएको जानकारी आएको छ।’

वारागुङ गाउँपालिका-२ का वडाध्यक्ष न्होरू गुरुङले मुक्ति क्षेत्र र झोङमा मध्यम वर्षा भएको बताउनु भयो।

‘आइतबार राति अघिपछि पर्नेभन्दा ठूलो पानी पर्‍यो। दुई घन्टा परेपछि रह्यो। वर्षाका कारण झोङखोलामा बाढी आएको थियो। मुक्तिनाथतिरबाट बगेर आउने खोलामा पनि सहत बढेको थियो। सडकमार्गमा क्षति पुर्‍याएको छ भन्ने छ, अरू बुझ्दै छौं,’ उहाँले भन्नुभयो ।

मुस्ताङको तल्लो तटीय क्षेत्रमा सामान्य वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ। मौसम पूर्वानुमान महाशाखाको तथ्याङकअनुसार जोमसोम स्टेसनमा पछिल्लो २४ घन्टामा ६.६ मिलिमिटर वर्षा मापन भएको छ।