अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश: प्रदेशसभा बैठक सुरू

कोशी प्रदेश: प्रदेशसभा बैठक सुरू


विराटनगर-कोशी प्रदेश सभाको बैठक सुरू भएको छ। मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सुरु भएको हो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा बैठक मन्सुरीले चलाएका हुन्। 

गठबन्धन दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेको जानकारी दिनु भयो ।  

९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् । तर, काँग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा संचालन गर्नुपर्ने भएपछि गठबन्धनको पक्षमा ४६ जनामात्रै सांसद पुग्छन् । गठबन्धनले भने मन्सुरीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको स्रोतले जनाएको छ। 

उता, विपक्षमा एमालेको ४० र राप्रपाको ६ जना सांसद रहेका छन् । कांग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठनबन्धनको सहयोगमा उद्धब थापाको नेतृत्वको सरकार गत साउन १७ गते गठन भएको हो ।