अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करीमा सरकारकै संलग्नता छ भन्ने प्रमाणित भइसक्यो: रघुबीर महासेठ

सुन तस्करीमा सरकारकै संलग्नता छ भन्ने प्रमाणित भइसक्यो: रघुबीर महासेठ


विराटनगर-नेकपा एमालेका सचिव रघुबीर महासेठले एमालेलाई बदनाम गराउन सरकारले गरेको सवै हतकण्डा बिफल भएको र सरकार तस्कर र भ्रष्टाचारको संरक्षक रहेको तथ्य प्रमाणित भइसकेको बताउनु भएको छ।

एमाले कोशी प्रदेशको प्रचार तथा प्रकाशन विभागले आजबाट विराटनगरमा सुरु गरेको योजना तर्जुमा तथा प्रचार कार्यशलामा बोल्दै कोशीका इञ्चार्जसमेत रहनुभएका सचिव महासेठले सरकार योजना बनाएरै तस्करीमा लागेको पुष्टि भइसकेको बताउनु भयो।

सचिव महासेठले भन्नुभयो, ‘यो सरकार एमाले र यस्को नेतृत्वलाई बदनाम गराउने अभियानमा लागेको छ, आफ्नो अपराध र तस्करी धन्दा अघि बढाउन हरेक कुरामा एमालेतिर आरोप लगाएर जनताको ध्यान मोडने र तस्करीको धन्दा चलाउने काममा लागेको तथ्यहरुले प्रमाणित गरिसकेको छ, सरकारको यो अनैतिक कामबिरुद्ध हामी सवै एकजुट बनेर उनीहरुको अपराधको भण्डाफोर गर्नुपर्छ।’

सचिव महासेठले सुन तस्करीको घटनाले सरकारको सवै पोल खोलेको र अहिले प्रहरी सरुवा गरेर सरकार अपराधीको संरक्षक बनेको बताउनु भयो । उहँले भन्नुभयो, ‘सुन तस्करीमा गृहमन्त्रीको संलग्नता छ भन्ने कुरा पुष्टि भयो, प्रहरीको सरुवा गरेर गृहमन्त्रीले सुन तस्करीदेखि भुटानी शरणार्थी प्रकरणसम्मका घटनामा आफ्नो संलग्नता छ भन्ने प्रमाणित भयो। ललिता निवास प्रकरणमा पनि सरकारले अपराधीलाई संरक्षण गर्ने काम गर्यो । अपराध र अपराधीलाई जोगाउनेतिर मात्रै सरकारको ध्यान गएको छ।’

सचिव महासेठले सरकारले एमाले अध्यक्ष केपी ओलीमाथि सुनियोजित रुपमा हमला गरिरहेको भन्दै अव नेतृत्वमाथि आक्रमण गर्नेहरुलाई जस्ताको तस्तै जवाफ दिने बेला आएको बताउनु भयो । ‘हाम्रो पार्टीका अध्यक्ष कामरेडबिरुद्धको आक्रमण स्वाभिमानको लडाई कमजोर बनाउन, बलियो राष्ट्रिय शक्तिबन्न नदिन र बिदेसीको गुलामी गरिरहनु पर्छ भन्ने सन्देश दिन यो सरकारले बिदेसीको गुलामीका लागि भइरहेको छ,’ सचिव महासेठले भन्नुभयो ।

उहाँले सरकारको गलत रवैयाको कारण मुलुकमा बेतिथि मौलाएको पनि बताउनु भयो । यस्तै उहाँले यो सरकारको कारण मुलुकको आर्थिक अवस्था अत्यन्तै खस्किएको बताउनु भयो । उहाँले पार्टी सचिवालयको निर्णय अनुसार सवै अतिथिलाई दर्शक दिर्घामा राखेर निर्णय कार्यान्वयन गरकोमा कार्यान्वयन गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो।