अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठकअघि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच टेलिफोन वार्ता

सर्वदलीय बैठकअघि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच टेलिफोन वार्ता


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन वार्ता भएको छ।

सोमबार साँझ ७ बजे बस्ने सर्वदलीय बैठकअघि प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई फोन गर्नु भएको हाे ।

सोमबार बिहानै विविध कार्यक्रममा सरिक हुन प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेशको राजधानी सुर्खेत जानु भएको थियो । सुर्खेतका कार्यक्रम सकेर काठमाडौं फर्कने तयारी भएपछि मौसम बिग्रिएपछि प्रधानमन्त्री प्रचण्ड उतै रोकिनु भएको छ।

आफू वेइटिङमा भएको जानकारी गराउँदै प्रधानमन्त्रीले अध्यक्ष ओलीको स्वास्थ्यबारे जानकारी लिनु भएको थियो।

दुई नेताबीच टेलिफोनमा कुराकानी भएको एमाले उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङले पुष्टि गर्नुभयो ।

‘प्रधानमन्त्रीले फोन गर्नुभएछ । स्वास्थ्य अवस्थाबारे सोधखोज पनि भएछ’, नेम्वाङले भन्नुभयो, ‘बैठकको कुरा हुँदा अध्यक्षज्यूले हिजोभन्दा आज अलि सन्चो भएको र बैठकमा आफू सहभागी हुने जवाफ दिनुभए छ।’ 

‘तपाईंलाई कस्तो छ ? आज बैठकमा आउनुस् है ? भनेर प्रधानमन्त्रीले भनेको मैले बुझेको छु,’ उपाध्यक्ष सुवास नेम्वाङले भन्नुभयो, ‘अहिले भर्खर पनि उहाँहरुबीच फोनमा कुराकानी भएरै बैठक ७ बजेलाई सारिएको हो।’

प्रधानमन्त्री आउन ढिला हुने भएपछि सर्वदलीय बैठक साँझ ७ बजेसम्मका लागि सरेको छ। 

विमानस्थल परिसरबाट बरामद ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको अडान छ।