विराटनगर-नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई इतिहासकै सवैभन्दा नालायक र भष्टाचारीहरुको सरकारको संज्ञा दिनुभएको छ।
विराटनगरमा आजबाट सुरु भएकोकोशी प्रदेश स्तरीय योजना तर्जुमा तथा प्रचार कार्यशालाको उदघाटन समारोहमा बोल्दै गौतमले यस्तो बताउनु भएको हो।
प्रचार प्रमुख गौतमले भननुभयो, ‘यो सरकारले जति पनि फाइल खोल्यो, ती सवै नाटक हुन भन्ने प्रमाणित भयो, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी काण्डमा सरकारको ब्यवहारले इतिहासकै सवैभन्दा कलंकित सरकार हो भन्ने तथ्य उजागर भएको छ ।’
‘सुन तस्करको उच्चस्तरीय छानविन किन चाहियो भन्ने कुरा सरकारको ब्यवहारले नै प्रष्ट पारिसकेको छ। प्रहरीमा हठाथ गरिएको सरुवाले सरकार अपराधी जोगाउने सुनियोजित धन्दामा लागेको छ भन्ने प्रमाणित गरेको छ,’ गौतमले भन्नुभयो । उहाँले सुन तस्करीमा पनि सरकार मुल मान्छे जोगाउनका लागि परेको बताउनु भयो ।

गठबन्धनका नेता जोडिएपछि सरकार ललितानिवासदेखि सुन तस्करीसम्मका प्रकरणमा सरकार नै जोगाउने खेलमा लाग्यो भन्ने प्रमाणित भएको उहाँको भनाइ छ । ‘एमालेले उठाएको मुद्धा सही छ, एमालेको कुरा सही छ भन्ने सरकारको पछिल्लो कामले प्रमाणित गरेको छ । सरकार अपराधी जोगाउने र गठबन्धनमा रहने सवै दोषीहरु जोगाइन्छ भन्ने काममा लागेको छ,’ एमाले प्रचार प्रमुख गौतमले भन्नुभयो ।
‘सुन तस्करको उच्चस्तरीय छानविन किन चाहियो भन्ने कुरा सरकारको ब्यवहारले नै प्रष्ट पारिसकेको छ। प्रहरीमा हठाथ गरिएको सरुवाले सरकार अपराधी जोगाउने सुनियोजित धन्दामा लागेको छ भन्ने प्रमाणित गरेको छ,’ गौतमले भन्नुभयो । उहाँले सुन तस्करीमा पनि सरकार मुल मान्छे जोगाउनका लागि परेको बताउनु भयो ।
गठबन्धनका नेता जोडिएपछि सरकार ललितानिवासदेखि सुन तस्करीसम्मका प्रकरणमा सरकार नै जोगाउने खेलमा लाग्यो भन्ने प्रमाणित भएको उहाँले बताउनु भयो । ‘एमालेले उठाएको मुद्धा सही छ, एमालेको कुरा सही छ भन्ने सरकारको पछिल्लो कामले प्रमाणित गरेको छ । सरकार अपराधी जोगाउने र गठबन्धनमा रहने सवै दोषीहरु जोगाइन्छ भन्ने काममा लागेको छ,’ एमाले प्रचार प्रमुख गौतमले भन्नुभयो ।







प्रतिक्रिया